हामी देश बनाउने अभियानमा छौँ : ओली « Khabarhub

हामी देश बनाउने अभियानमा छौँ : ओली


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गरे ।

पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो पनि गरे ।

“मलाई झापाबाट फर्कंदा अपमानजनक व्यवहार गरियो । विदेशतिर पनि चिनेको अवस्थामा सम्मानजनक व्यवहार गर्छन्, तर यो सरकारले हामीलाई आफ्नै ठाउँमा दुःख दिने काम गरिरहेको छ”, उनले भने, “यस्तै हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने अझै भन्न सकिने अवस्था छैन ।”

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाललगायतलाई पार्टी प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : २२ बजे

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र