नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल « Khabarhub

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएकी छन् ।

उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग आज यहाँ भएको भेटमा उनले अदालतको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको बताइन् ।

सर्वोच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उहाँहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट, विभिन्न कार्यालयमा गएर एकता र सहकार्यका साथ आफ्ना समस्या बुलन्द आवाजमा उठाइरहनुभएकामा सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

“यहाँका बसिन्दालाई विस्थापित गराउने नभई जायज माग सम्बोधन गर्दै अघि बढ्नुपर्छ”, उनले भनिन्, “अन्योल र अनिर्णयका समयमा तपाईंहरूबीचको सहकार्य, समन्वय र एकताले पाएको निरन्तरताको प्रशंसा गर्दछु । तपाईंहरूले संवेदनशील समयमा देखाउनुभएको संयमतालाई पनि धन्यवाद ।”

कार्यवाहक प्रमुख डङ्गोलसँगको भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले डङ्गोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकामा बधाई ज्ञापन गरिन् । उनले यहाँका नागरिकको रक्षा गर्न र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गरिन्। अभियन्ता राजाराम तण्डुकारलगायतले पनि सकारात्मक पहलका लागि कार्यवाहक प्रमुखलाई धन्यवाद दिइन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ४२ बजे

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको