कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार « Khabarhub

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । 

निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको छ ।

कास्की क्षेत्र नं १ मा कूल १७ जना उम्मेदवारमध्ये सबैभन्दा कम ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दैछन् । 

यस क्षेत्रमा ११ जना ५० वर्ष मुनिमा उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कूल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा १२ जना उम्मेदवार ५० वर्षभन्दा कम उमेरका छन् ।

त्यस्तै, क्षेत्र नं ३ मा कूल १५ जना उम्मेदवारमध्ये ३६ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा छ जना उम्मेदवार मात्रै ५० वर्ष तलका छन् । 

नवयुवादेखि ७० वर्षसम्मको उमेर समूहसम्मका उम्मेदवारबीच हुन लागेको प्रतिस्पर्धालाई अत्यन्त महत्वका साथ हेरिएको छ । 

तीन निर्वाचन क्षेत्रमा कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा १८ राजनीतिक दलसहित छ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

कूल ४९ उम्मेदवारमध्ये पाँच जना महिलाको मात्रै उम्मेदवारी परेको छ । अन्य सबै पुरुष छन् । जिल्लामा यसपटक अधिकांश उम्मेदवार नयाँ छन् ।

कास्कीमा आसन्न निर्वाचनमा कूल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ । 

यसअघि २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेकामा यसपटक १७ हजार चार जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : ०१ बजे

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा