काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने « Khabarhub

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने भएको छ ।  

डब्लुबीसी मोइ थाई नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ तारिकका दिन मितेरी स्पोटर्स हव, बुढानिलकण्ठमा इएफएस फाइट नाइट सेभेन आयोजना गर्न लागिएको जनाएको हो ।

राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपालका सात वटै प्रदेश र २४ जिल्लाका १५ जिमबाट ७० खेलाडीहरू सहभागी हुनेछन् । 

त्यसैगरि भारतबाट पनि अन्तराष्ट्रिय सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा डब्लुबीसी मोइ थाई राष्ट्रिय उपाधिका लागि गुमन घर्तिमगर, कर्ण बहादुर मगराती, आलिश बोम्जोम र लाक्पा तामाङ प्रतिस्पर्धामा उत्रनेछन् । 

बिजेतालाई ५० हजार नगद पुरस्कारसहित डब्लुबीसी मोइ थाई उपाधि बेल्ट प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगीता डिश होमको एन्सन स्पोटर्स र डिश होम गो एपबाट प्रत्यक्ष प्रसारण हुने डब्लुबीसी मोइ थाई नेपालका अध्यक्ष राजु राइले जानकारी दिए । 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : २४ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति