लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन « Khabarhub

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित भएका छन् । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहेका छन् ।

अधिवेशनका लागि संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको बसाइ लम्ब्याउनका लागि लेखनाथ क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, पोखरा महानगरपालिका व्यावसायिक प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापालगायतले लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै विकास गर्न सकेमा पोखरा आउने पर्यटकको बसाइ लम्बिने धारणा राखे ।

होटल तथा रेष्टुरेष्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोइरालाले आर्थिक प्रतिवेदन र सुरेश लामिछानेले प्रगति प्रतिवेदन एवं भावी कार्यक्रमबारे जानकारी गराए ।

सातवटा तालसँगै लेखनाथ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन निरन्तर क्रियाशील एसोसिएसनमा करिब एक सयभन्दा बढी होटल व्यवसायी सदस्य रहेको कार्यक्रममा जानकारी गराइयो ।

सात तालको बगैँचा सहरका रूपमा उपमा पाएको लेखनाथ नगरपालिका क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीको साझा संस्था एसोसिएसनले यस क्षेत्रको पर्यटकीय विकासका लागि नेतृत्वदायी भूमिका निर्वाहसँगै ‘जाउँ है बेगनास’ लगायतका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । (रासस)

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : २६ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।