साढे ६ लाख संगठित सदस्यको मोबाइलमा एकसाथ ओलीको पत्र, प्रचार विभाग भन्छ : १२ लाख कार्यकर्ता चुनावी अभियानमा खटिए « Khabarhub

साढे ६ लाख संगठित सदस्यको मोबाइलमा एकसाथ ओलीको पत्र, प्रचार विभाग भन्छ : १२ लाख कार्यकर्ता चुनावी अभियानमा खटिए


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाखभन्दा बढी पार्टी सदस्यहरूलाई आगामी फागुन २१ को चुनावबाट पार्टीलाई बहुमतमा ल्याउने भूमिका खेल्न सन्देश पत्र पठाएका छन् । शनिबार साँझदेखि पार्टी सदस्यहरूको मोबाइलमा उक्त पत्र पुगेको छ ।

एमालेको पछिल्लो नवीकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना छन् । यो संगठित पार्टी सदस्य संख्या ११ औँ महाधिवेशनसम्मको हो ।

यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोडेका छन् भने कतिको मृत्यु भएको छ । त्यससँगै कतिपय संगठित सदस्यहरुको मोबाइल नम्बर परिवर्तन, अनलाइन सिस्टममा समस्या आएका कारण सबै सदस्यहरुकहाँ एकै पटक सन्देश पत्र पुग्न नसकेको पार्टी आईटी विभागले जनाएको छ ।

अध्यक्ष ओलीको फोटोसहित हस्ताक्षर गरिएको सन्देश पत्रमा भनिएको छ– ‘क. .. यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’

अध्यक्ष ओलीको यो सन्देशले कार्यकर्ता र मतदातामा सकारात्मक तरंग लिएको प्रचार संयोजक केन्द्रीय सदस्य मीनबहादुर शाहीले बताए ।

एमालेका नेता, कार्यकर्ता तथा संगठित सदस्यहरु अहिले आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । अहिले एमाले पार्टी कार्यालय ललितपु च्यासल सुनसान देखिन्छ ।

एमालेको संगठित यो संख्यासँगै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा, टोल, प्रावस, जनसंगठन, विभाग, सल्लाहकार गरी ६४ हजार ७ सय ६ कमिटीमा पार्टी फर्मेशन छ ।

यस्तो छ संगठनको अवस्था

त्यसमध्ये जन संगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक भएका छैनन् । सबै अध्यावधिक हुँदा यो संख्या बढ्छ । यी कमिटीहरूमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य आबद्ध छन् ।

केही निवेदन आएका र कमिटीमा बसेका करिव डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको एमाले प्रचार विभागले जनाएको छ ।

पार्टीको सांगठनिक संरचनाको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् ।

त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ छ ।

प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ छन् । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी छन् ।

त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गरी कुल ७ हजार ९ सय ३० छन् ।

बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी छन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी छन् ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी छन् ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी छन् ।

त्यसैगरी समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी छन् ।

प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी छन् ।

प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी छन् ।

तथ्याङ्कअनुसार जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३ । वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् ।

अहिले चुनाव परिचालनका लागि यी सबै कमिटी सक्रियताका साथ फिल्डमा रहेको प्रचार संयोजक शाहीले बताए । अध्यक्ष ओलीको सन्देश पत्रबाट थप उत्साहसहित नेता, कार्यकर्ता, संगठित सदस्य टोलटोलमा पुगेका उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ४६ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको