बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ « Khabarhub

बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले फागुन २१ को निर्वाचनबाट पार्टीले स्पष्ट बहुमत ल्याउने बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेर रास्वपाका उम्मेदवारहरूलाई भेट्दै यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीतिबारे छलफललका क्रममा साहले यसपालीको चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने बताएका हुन् ।

उक्त भेटपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीले बालेन्द्रसँगको भेटमा चुनावी अभियान र रणनीतिबारे कुरा भएको बताइन् ।

साहले रास्वपाका उम्मेदवारहरूलाई स्पष्ट बहुमतको सरकार बन्ने विश्वास दिलाएका हुन् । उनले त्यसका लागि मतदाताको घरघरमा पुगेर समस्या बुझ्न पनि भनेका छन् ।

उक्त भेटमा साहले उम्मेदवारहरूसँग चुनावी अभियानको प्रगति र अवस्थाबारेको ब्रिफिङ पनि लिएका रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।

कार्कीका अनुसार चुनावी अभियानको जानकारी लिएका साहले रणनीतिबारे पनि छलफल गरे। ‘हाम्रो सरकार बन्दैछ। ढुक्क भएर मतदाताको घर–घरमा जानुस्’, साहको भनाइबारे कार्कीले पत्रकारहरूलाई भनिन्, ‘मतदाताका समस्या सुनेर समाधान उपायबारे कुरा गरौँला, यस पटक हामी स्पष्ट बहुमतको सरकार बनाउँछौँ।’

उता काठमाडौं १ की उम्मेदवार रञ्जु दर्शनाले भेटमा चुनावी रणनीतिबारे कुरा भएको बताइन् । बालेन्द्रले ढुक्कसँग चुनावी अभियान अगाडि बढाउन भनेको पनि उनले सुनाइन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाका बालेन्द्रले झापा–५ बाट उम्मेदवारी दिएका छन्। जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदैछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : ४० बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको