रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश « Khabarhub

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले उक्त पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गरे । रास्वपाले जनताको वास्तविक मुद्दा उठाउन नसकेको पनि बताए ।

सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

उनले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँगै काम गरेर अघि बढेको पार्टी भएको बताउँदै यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा पार्टी अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गरे।

अधिकारीको पार्टी प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत उनले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : २५ बजे

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,