हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर « Khabarhub

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

मौसमविद् एलिसन सान्तोरेलीका अनुसार हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपत्काल घोषणा गरे  । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपत्कालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ‘सुरक्षित स्थानमा बस्न’ सल्लाह दिए ।

लुइसियाना र टेक्ससमा विद्युत् आपूर्ति बाधित

बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ । 

टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाइ विद्युत् ग्राहक प्रभावित भए । 

लुइसियानाको डेसोटो पेरिशमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन । 

उडानहरू रद्द

शनिबार र आइतबार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रमुख हवाईअड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा ७०० भन्दा बढी उडान रद्द भएका छन् ।

उत्तरी र मिडवेस्टमा अत्यधिक चिसो

अमेरिका- मिडवेस्टमा हावाको चिसो -४० डिग्री फरेनहाइट (-४०° सेल्सियस) सम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू -६ डिग्री फरेनहाइट (-२१° सेल्सियस) तापक्रममा निस्किएका थिए ।

विद्यालय र सार्वजनिक कार्यक्रम रद्द

न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन् । ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ ।

मौसमविद् जोश वीसले भने, ‘यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो ।’ रासस

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : २१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार