एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी « Khabarhub

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक २४ गते नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएकाले उनी आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा सजिलै विजयी भएकी हुन् ।

चार वर्षपछि संसद् यात्रा गर्ने क्रममा झाँक्रीले ६ हजार ३ सय ३ मतभार पाइन् । लुम्बिनीबाट लुम्बिनीबाट तीनै सीटमा कांग्रेस-एमाले गठबन्धनले जित निकालेको छ।

महिला कोटामा झाँक्री विजयी हुँदा अपांगतात कोटामा कांग्रेसका वासुदेव घिमिरे ‘जंगली’ले राष्ट्रिय सभाको यात्रा तय गरे । उनले उनले ५ हजार ३ सय २२ मतभार पाए ।

अन्य कोटाबाट कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनी ५ हजार ९७७ मतभारसहित विजयी भए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेअनुसार उनले एमालेमै यात्रा थालेकी थिइन् ।

माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्। चार वर्षअघि एमाले छाड्दा प्रतिनिधसभाकी सांसद रहेकी झाँक्रीलाई संसद्मा फर्किन एमालेकै सहारा लिनुपरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ४९ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने