एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी « Khabarhub

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक २४ गते नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएकाले उनी आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा सजिलै विजयी भएकी हुन् ।

चार वर्षपछि संसद् यात्रा गर्ने क्रममा झाँक्रीले ६ हजार ३ सय ३ मतभार पाइन् । लुम्बिनीबाट लुम्बिनीबाट तीनै सीटमा कांग्रेस-एमाले गठबन्धनले जित निकालेको छ।

महिला कोटामा झाँक्री विजयी हुँदा अपांगतात कोटामा कांग्रेसका वासुदेव घिमिरे ‘जंगली’ले राष्ट्रिय सभाको यात्रा तय गरे । उनले उनले ५ हजार ३ सय २२ मतभार पाए ।

अन्य कोटाबाट कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनी ५ हजार ९७७ मतभारसहित विजयी भए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेअनुसार उनले एमालेमै यात्रा थालेकी थिइन् ।

माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्। चार वर्षअघि एमाले छाड्दा प्रतिनिधसभाकी सांसद रहेकी झाँक्रीलाई संसद्मा फर्किन एमालेकै सहारा लिनुपरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ४९ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको