देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस « Khabarhub

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको मतपरिणामअनुसार नेपाली कांग्रेस पहिलो दल बन्न पुगेको छ।

नेकपा एमालेसँग भएको चुनावी गठबन्धनबाट सातै प्रदेशमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएए । जसले कांग्रेस राष्ट्रिय सभामा २५ सदस्यसहित पहिलो दल बनेको हो ।

आइतबारको चुनावअघि कांग्रेस १६ सीटको थियो । अब आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा दलहरूको हैसियत औपचारिक रुपमा फेरिएर कांग्रेस पहिलो र नेकपा एमाले तेस्रो ठूलो दल भएको छ।

कांग्रेसले यस पटक एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको थियो । खाली १८ मा ९ वटा लिएको कांग्रेसले सबैमा जित निकालेको हो । यसअघि नेपाली कांग्रेसकाा सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग तालमेलका लागि गरेको निर्णयलाई वर्तमान सभापति गगन थापाले कार्यान्वयन गरेसँगै ठूलो दल भएको हो ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिमबाट २/२ सदस्य निर्वाचित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार समयमा नआइपुग्दा कोशीमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । अन्य १७ सीटमा आइतबार निर्वाचन भएको हो । आइतबारको परिणामले कांग्रेस ९, एमाले ८ र जसपा १ सीटमा विजयी भए ।

कांग्रेसले छलाङ मार्दा नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा खुम्चिएको छ । एमालेले ११ सिटसहित तेस्रो स्थान बनाएको छ । जसपा नेपालका तीन सीट कायम हुँदा राष्ट्रिय जनमोर्चाका एक सीटसहित छ । एकजना सदस्य बलदेव बोहोराको निधनले उक्त स्थान रिक्त छ । त्यसमा पनि चुनाव हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अर्का एकजना सदस्य मनोनीत गर्ने तयारी छ । बाँकी ३ जना राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत गर्नेछन् ।

कानुनअनुसार राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल चक्रीय प्रणालीमा ६ वर्षको हुन्छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको थियो । कोशी प्रदेशमा ५, मधेश ११, बागमती ६, गण्डकी ६, लुम्बिनी ८, कर्णाली ४ र सुदूरपश्चिम ४ जनाको उम्मेदवारी थियो ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका/नगरपालिका अध्यक्ष र उपाध्यक्ष मतदान गर्छन् । सातै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रधानसहित स्थानीय तहका १ हजार ५०६ मतदाता थिए।

को को विजयी भए ?

कोशी प्रदेश

  • रोशनी मेचे, नेकपा एमाले
  • सोमनाथ पोर्तेल, नेकपा एमाले
  • सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस

मधेश प्रदेश

  • धमेन्द्र पासवान, नेपाली कांग्रेस
  • महन्थ ठाकुर, लोसपा
  • रञ्जित कर्ण, नेपाली कांग्रेस
  • रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

  • गीता देवकोटा, नेपाली कांग्रेस
  • प्रेमप्रसाद दंगाल, नेकपा एमाले

गण्डकी प्रदेश

  • जगत तिमिल्सिना, नेपाली कांग्रेस
  • सम्झना देवकोटा, नेकपा एमाले

लुम्बिनी प्रदेश

  • चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
  • बासुदेव जंगली, नेपाली कांग्रेस
  • रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

  • ललितजंग शाही, नेपाली कांग्रेस
  • मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

  • खम्मबहादुर खाती, नेपाली कांग्रेस
  • लीलाकुमारी भण्डारी, नेकपा एमाले

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ०६ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग