आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल « Khabarhub

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय भन्सार दिवस । तदनुसार सन् २०२६ जनवरी २६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : शिक्षामा गरेको मेहनतकाे फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।

वृष : रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ । धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ । तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा फाइदा हुने योग रहेको छ ।

कन्या : सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ । लगानी गर्ने भए सहकार्यको खाँचो देखिन्छ । धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ ।

तुला : राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ । साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु उचित हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । सहकर्मीले तपाईंको विरोध गर्नेछन् । मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

धनु : थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ ।

मकर : आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।  परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ : शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ । बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ । गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ ।

मीन : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ । परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : २१ बजे

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने