लक्ष्मी पूजा गरेको मैनबत्तीबाट आगो लाग्दा १ करोड २० लाखको क्षति | Khabarhub Khabarhub

लक्ष्मी पूजा गरेको मैनबत्तीबाट आगो लाग्दा १ करोड २० लाखको क्षति


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयरपुर– आइतबार राति  लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति भएको छ ।

रातिको समयमा लक्ष्मी पूजा गरी मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितहरुले बताएका छन् ।

पीडितहरु खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको उक्त संयुक्त कपडा पसलमा राति ९ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्बीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडेको र सोही कारण आगलागी भएको हुनसक्ने पीडीत नारायण पाण्डेले बताए ।

यता जिल्ला प्रहरी उदयपुरका अनुसार रात्रिको समयमा पसल सञ्चालकहरुले मैनबत्ती बालेर छाडेर गल्ती गरेकोले आगलागी भएको तर रातिको १ बजेको समयमा प्रहरीको गस्ती टोलीले सो पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै घटना स्थानमा आएर बिहानको ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढामगरले बताए ।

उक्त पसलमा १ करोड २० लाख बराबरका विभिन्न आइटमका कपडाहरु रहेको र ति सबै जलेर खरानी भएको पाइएको पनि पीडीतहरुले बताएका छन् । तर प्रहरीले भने बढीमा ८० लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : २० बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको