गुल्मीबाट पनि पक्राउ परे १७ जना जुवाडे | Khabarhub Khabarhub

गुल्मीबाट पनि पक्राउ परे १७ जना जुवाडे


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जुवा खेल्दै गरेको अवस्थामा गुल्मी प्रहरीले गए राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको साथबाट २ लाख ८२ हजार बरामद गरिएको प्रहही नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले जानकारी दिए ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् ।

उनीहरुविरुद्ध मुलुकी अपराध स‌ंहिता (ऐन) २०६४ को दफा १२५ को कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तिहारको समयमा हुने जुवा तास नियन्त्रणका लागि देशभरी नै अभियान सञ्चालन गरेको जनाएको छ । यसअघि आइतबार बिहान मात्रै काठमाडौंबाट पौने ३ करोड नगदसहित २५ जना जुवाडे पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ३५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून