‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’ « Khabarhub

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् ।

पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उनले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे ।

उनका अनुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ । ‘बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन’, उनले भने, ‘यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।’ मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने उनले बताए ।

पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह– १ तालिम दिन सुरु गरिएको छ ।

पोखरा महानगरपालिका– २६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिए । तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी बनेको उनले बताए । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका