राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन « Khabarhub

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्दा उच्च सम्मान र सतर्कता अपनाउन पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले आइतबार प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गर्दै राष्ट्रिय झण्डाको प्रयोग मर्यादित, सम्मानजनक र कानुनसम्मत हुनुपर्ने स्पष्ट पारेको हो । परिपत्रमा निर्वाचन ऐन र आचारसंहिताअनुसार निश्चित संख्यामा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

परिपत्रमा राष्ट्रिय झण्डालाई व्यक्तिको टाउकोभन्दा माथि राखेर सम्मानपूर्वक फहराउनुपर्ने र झण्डा भुइँमा खसाल्ने, ओढाउने वा अपमानजनक ढंगले प्रयोग गर्ने कार्य नगर्न विशेष जोड दिइएको छ । उम्मेदवार वा प्रचारकले कुनै पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता र सम्मान दुवैको दृष्टिले गलत हुने जनाइएको छ ।

कांग्रेसले राष्ट्रिय शोकका अवसरमा हुने शवयात्रा वा चितामा राष्ट्रिय झण्डा ओढाउने परम्परा बाहेक अन्य अवस्थामा त्यस्तो अभ्यास नगर्न पनि निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय झण्डाको गरिमा जोगाउने दायित्व सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ ।

परिपत्रमा चुनावी प्रचारका क्रममा राष्ट्रिय प्रतीकहरूको प्रयोग गर्दा संवेदनशीलता र जिम्मेवारी आवश्यक रहेको भन्दै कुनै पनि गतिविधिले राष्ट्रिय सम्मानमा आँच नआउने गरी काम गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : ३९ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला