अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका « Khabarhub

अजय देवगनसँग बिहे गर्ने चाहन्थे यी दुई नायिका


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हलचल, गुण्डाराजजस्ता फिल्ममा अजय देवगन र काजोलले एकसाथ काम गर्दै थिए । काजोल खुबै बोल्ने गर्थिन् । यता अजय भने खासै नबोल्ने स्वभावका थिए । दुवैको मिजास एकअर्काका लागि आर्कषण बन्यो ।

दुवैको राम्रो मित्रता भयो । पछि त झन् एकअर्कालाई चाहन लागे । एक दिन अजय र कालोजले बिहेको फैसला गरे । र, बिहे पनि गरे । जब अजय र कालोजको बिहेको खबर मिडियामा चर्चाको विषय बनेको थियो । त्यतिबेला धेरैले यो जोडी बेमेल जोडी भन्न थाले । किनकि, काजोल स्वतन्त्रता चाहने परिवारकी थिइन् भने अजय परम्परागत परिवारका थिए । धेरैले यो बिहे लामो समय नटिक्ने पनि भन्न थाले ।

तर, सन् १९९९ मा विवाह बन्धनमा बाँधिएको यो जोडी राम्रो छ । यता बिहेअघि अन्य नायिकासँग पनि अजयको नाम जोडिएको थियो ।

फूल और काँटेको सफलतापछि अजयलाई कैयन् फिल्म अफर आए । तीमध्ये धेरै फिल्म करीना कपूरसँग थिए । जिगर, धनवान, संग्राम, शक्तिमान, सुहाग जस्ता फिल्ममा छोटो समयमा नै प्रदर्शन भए । यी सबैमा करिश्मा पनि थिइन् । अजय र करिश्माले सेटमा पनि धेरै समय बिताउँथे । करिश्मा अजयसँग आकर्षणमा परिन् ।

कतिले त अजयको बिहे करिश्मासँग हुने भनेर पनि भन्न भ्याएका थिए । त्यस्तै पछि अजयको नाम रविना टण्डनसँग पनि चलेको थियो ।

अजय र रविनाले केही फिल्ममा काम गरिसकेका थिए । पछि भने यी दुईको प्रेमको चर्चा पनि सेलाउँदै गयो । पछि अजयले कालोजसँग बिहे गरेपछि धेरैलाई दुई नायिकासँग जोडिएको नाम अफवाह पो हो कि भन्ने लाग्यो ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ३ : ३३ बजे

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा