महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा « Khabarhub

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन्। उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन्। 

त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै क्षेत्र नं–३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन्। यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रिजवानले नेपाल सङ्घीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्। 

सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दै छन्। 

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा रहेका छन् । पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन्। 

यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा छन्।  
 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ५३ बजे

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर