स्थानीय सरकारको हविगत– शिक्षकले चलाउँछन् वडा कार्यालय « Khabarhub

स्थानीय सरकारको हविगत– शिक्षकले चलाउँछन् वडा कार्यालय


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चामे– मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ ।

यिनै अभावलाई टार्नका लागि र जनताको काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । उनका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो । जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा १–१ जना शिक्षकले कर्मचारीको रुपमा काम गर्दै आएका छन् ।

प्रत्येक वडामा १–१ वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा २ वटा मात्रै विद्यालय छन् । विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको गाउँपालिका अध्यक्ष घलेको भनाइ छ ।

स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घले बताउँछन् । ‘केन्द्र सरकारको मुख ताकेर बस्ने हो भने कर्यकाल सकिँदा पनि कर्मचारी पूरा हुँदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ,’ अध्यक्ष घलेले भने ।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताए । कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनीहरुले वडा सचिवको काम गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ५३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी