निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो « Khabarhub

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा परिचयसहितका विवरण अपुरो पाइएको छ । आयोगले माघ १० गते प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका ३ हजार ४ सय ६ जना उम्मेदवारको बन्द सूची प्रकाशन गरेको थियो ।

तर आयोगद्वारा प्रमाणित सो सूचीमा इलामका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये कसैको पनि शैक्षिक योग्यता र अनुभवसम्बन्धी विवरण उल्लेख गरिएको छैन । यसकारण इलामका मतदाता उम्मेदवारको पृष्ठभूमिबारे जानकारी लिनबाट वञ्चित भएका छन् ।

इलाम मात्र नभई आयोगले प्रमाणीकरण गरेका अन्य केही जिल्लाका उम्मेदवारको परिचयात्मक विवरणसमेत अपुरो रहेको पाइएको छ। डिजिटल माध्यममार्फत उम्मेदवारको योग्यता सार्वजनिक गर्ने आयोगको दायित्व व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ ।

इलाममा प्रतिनिधिसभा निर्वाचनका लागि २४ जना पुरुष र ३ जना महिला गरी जम्मा २७ जना उम्मेदवार रहेका छन्। तीमध्ये एक जना स्वतन्त्र उम्मेदवार हुन् ।

मतदाता संख्याका आधारमा इलाम महत्त्वपूर्ण जिल्ला मानिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता कायम छन् । तीमध्ये १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रोलिङ्गी मतदाता रहेका छन् । वि.सं. २०७९ को निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए भने यसपटक ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् ।

आउँदो निर्वाचनका लागि इलाम क्षेत्र नम्बर–१ मा १ लाख १२ हजार ३ सय २० र क्षेत्र नम्बर–२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि जिल्लामा १ सय ९० मतदान स्थलमा २ सय ५० मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : ३६ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा