चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय « Khabarhub

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत आयोजना र सेतिखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता अर्यालले बताए ।

मन्त्रिपरिषद्का अन्य निर्णयहरू नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको उनले बताए । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ५९ बजे

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट