काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन् ।
सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाआजाका साथै दर्शन गरेका छन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए भने शाहका समर्थकहरू मन्दिरमा पुगेका थिए ।
शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने बुझिएको छ । उनी आइतबार नै जनकपुर पुगेका हुन् ।













प्रतिक्रिया