मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा  « Khabarhub

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा चुनावमा सर्लाही-४ बाट उम्मेदवारी दिएपछि सोमबार निर्वाचन क्षेत्र पुगेर सम्बोधन गर्दै उनले मधेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान र बलिदानलाई सम्मान नपुगेको भन्दै त्यसको कारण र समाधान खोज्न आफू मधेश आएको बताए।

सभापति थापाले आफूले सबैभन्दा धेरै संगत गरेको नेता प्रदीप गिरी रहेको स्मरण गर्दै भने, ‘प्रदीप गिरीले मलाई मधेश बुझ्न सिकाउनुभयो। तर जबसम्म म स्वयं मधेसमा गएर समर्पित हुँदिनँ, मधेशलाई आफूभित्र ल्याउँदिनँ, तबसम्म म पूर्ण नेपाली बन्न सक्दिनँ भन्ने बोध उहाँबाटै पाएँ।’ यही विश्वासका साथ आज आफू मधेस झरेको उनको भनाइ थियो।

मधेसमा अपार सम्भावना हुँदाहुँदै पनि यहाँका धेरै युवाहरू रोजगारीका लागि विदेशिनु परेको यथार्थप्रति चिन्ता व्यक्त गर्दै थापाले यसको उत्तर खोज्न र समाधान गर्न आफू आएको बताए ।

 ‘कुनै समय देशभर गणित र विज्ञान पढाउने शिक्षक मधेशबाटै जानुपर्थ्यो। त्यही मधेस आज किन कमजोर बन्यो भन्ने प्रश्नको उत्तर खोज्न म यहाँ छु,’ उनले भने।

उनले आफू चुनावी प्रतिबद्धता गर्न नभई नेपाली कांग्रेसको जिम्मेवार पदमा रहेर सर्लाहीका मुद्दालाई विशेष प्राथमिकताका साथ अघि बढाउन आएको स्पष्ट पारे । ‘मसँग कार्यक्रम र योजनाहरू छन्। समयसँगै तपाईंहरूसँग साझा गर्छु,’ सभापति थापाले भने ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ०६ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर

अमेरिकी डलरले १५५ नाघ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय