बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते « Khabarhub

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

महावु गाउँपालिका–५ कुटीमा आज दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो। 

दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।

सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् । उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयले बताएका छन् ।

महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, ‘आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतंकितत छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।’

घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छभने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए। 

‘हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ’, प्रजिअ सारुले भने।

यो क्षेत्रमा विगत केही समयदेखि जङ्गली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ५३ बजे

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र