सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो « Khabarhub

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति डिलक्स बसको भग्नवाशेषबाट एउटा मानव कङ्काल भेटिएको छ ।

डेढ वर्षअघि सिमलतालस्थित सडकमा माथिबाट झरेको लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा खसेको गणपति डिलक्सको बस उत्खनन थालेको १६ औँ दिनपछि मानव कङ्काल भेटिएको हो ।

गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा सवारी साधनको अवशेष भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेल्चाको प्रयोग गरी बालुवा उत्खनन गर्दै अवशेष निकाल्ने प्रयास थालेका थिए ।

त्यसबाट सम्भव नभएपछि दुर्घटनाग्रस्त गाडी निकाल्ने काममा जुटेको तनहुँको ‘मिलन चेनपुली’ कम्पनीले चेनपुलीको सहायतामा उत्खनन कार्य थालेको थियो ।

उत्खननको १६ औँ दिनमा मानव कङ्काल भेटिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले जानकारी दिए ।

‘बसको एउटा भागमा मानव कंकाल भेटिएको छ,’ उनले भने, ‘चितवनबाट प्रहरी र चिकित्सकको टोलीले परीक्षणका लागि लगेका छन् ।’

लामो प्रयासपछि सिंगो बस नआएपछि टुक्रा पारेर निकाल्न थालिएको छ । त्यहीक्रममा अगाडिको भागबाट मानव कङ्काल भेटिएको हो । पछाडिको भाग निकाल्ने कोसिस भइरहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा गरिएको उत्खननका क्रममा उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालबाट त्रिशूली नदीमा खसेकामध्ये गणपति डिलक्सको भएको पुष्टि भएको थियो । ती दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजनामात्रै जिवित भेटिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : १४ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन