४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार « Khabarhub

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् ।

धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिँठ्यूमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छवटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताए । उनीहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राखेका छन् ।

गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकीन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताए । पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्केका तामाङ अहिलेसम्म पनि त्यही पेसामै छन् ।

गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आएका थिए । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनः गाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उनले बताए ।

डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका व्यापारीको पुस्तेनी काम हो । ‘आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्छौँ र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । यदि मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गरिन्छ’, उनले भने ।

गुरुङले व्यापार पहिला जस्तो नभएकाले आम्दानी पनि घटेको बताए । वर्षमा एकपटक पर्वत, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै उनले सबै खर्च कटाएर मासिक २० देखि २५ हजारसम्म जोगिने बताए ।

आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्न आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।

केही वर्षअघिसम्म पुराना भाँडा सबैका घरघरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरु गाउँगाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिँडेको बिरलै भेटिन्छन् । (रासस)

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : २५ बजे

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका