कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै « Khabarhub

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनको भनाइ छ ।

‘स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्, ‘यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।’ बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउँछिन् ।

आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भालेपालन गर्दै आएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएका छन् । अहिले पनि ६० बढी फार्ममा भाले रहेको उनी बताउँछन् । एउटा भालेलाई तीन हजार बढी पर्ने उनको भनाइ छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।

उनले यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताए । उनले साना भाले किनेर पाल्ने गरेका छन् । यसरी किनेका भालेलाई चार महिनापछि बधिया बनाउने गरिएको उनको भनाइ छ ।

खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनी बताउँछन् । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ ।

बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । उनले भने, ‘सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ।’ किसान चौधरीले सहज रूपमा बिक्री गर्दै आइरहनुभएको छ । अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ४१ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर

अमेरिकी डलरले १५५ नाघ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय