नेपाल सम्वतलाई विशेष रुपमा मनाइने– सम्पूर्ण तयारी पूरा « Khabarhub

नेपाल सम्वतलाई विशेष रुपमा मनाइने– सम्पूर्ण तयारी पूरा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० मनाउनका लागि यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १२ गते कार्यक्रमलाई विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको वसन्तपुरमा मञ्च व्यवस्थापन गरेको छ । काठमाडौँ उपत्यकाका नेवारी समुदायका विभिन्न गुठी तथा सांस्कृतिक सङ्गठनलाई निमन्त्रणा पठाइएको छ ।

स्थानीय ठैटीमा नाट्येश्वरको पूजा सम्पन्न गरी भोलि बिहान ७ बजे वसन्तपुरमा भेला भई सांस्कृतिक र्‍यालीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा र्‍याली, खेलकूद कार्यक्रम आयोजना गरिएको छ ।

नयाँ वर्षलाई विदेशमा प्रवद्र्धन गर्न गैरआवासीय नेपालीका प्रतिनिधिमार्फत सन्देश प्रवाह गरिएको छ भने सर्वसाधरणलाई हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन समितिले अनुरोध गरेको छ । मङ्गलबार विभिन्न टोलटोलबाट निकालिने सम्बन्धित वेशभूषाका झाँकीसहित सांस्कृतिक पहिचान झल्कने र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समायोजित हुनेछ ।

उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । उनले चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यावहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गर्दै नेपाल संवत्ले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ५३ बजे

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ