सर्वोच्च पुगेका ‘भीआईपी जुवाडे’को हिरासतमुक्त हुने योजना असफल | Khabarhub Khabarhub

सर्वोच्च पुगेका ‘भीआईपी जुवाडे’को हिरासतमुक्त हुने योजना असफल


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा खेल्दा खेल्दै पक्राउ परेर रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट मार्फत सर्वोच्च अदालत गएका ६ जना पुनः हिरासतमै बस्नुपर्ने भएको छ ।

आइतबार बिहान काठमाडौंको महाराजगञ्ज (पिपलमार्ग)बाट पक्राउ परेकामध्ये ६ जनाले आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै आइतबार दिउँसो सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम मण्डारीको इजलाशले ६ जनालाई २४ घण्टाभित्रै अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार प्रहरीले ६ जनालाई सोमबार दिउँसो २ बजे सर्वोच्चमा उपस्थित गराएको थियो । तर, सर्वोच्च अदालतले ‘नभ्याइएको’ भन्दै ६ जनाको रिटमाथि सोमबार कुनै आदेश जारी गरेन ।

अदालतले कुनै आदेश जारी नगरेपछि ६ जनालाई पुन: हिरासत फर्काइएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार प्रहरीको जुवा अपरेशनका क्रममा आइतबार बिहान पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ६ जनालाई नै २४ घण्टाभित्र उपस्थित गराउन भनेको थियो । तर, सोमबार ‘नभ्याइउपछि’ उनीहरुलाई पुनः बुधबार अदालतमा उपस्थित गराउन भनिएको छ ।

अदालतले ६ जनालाई बुधबार ११ भित्रै उपस्थित गराउन भनेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख एसएसपी उत्तम सुवेदीले खबरहबलाई जानकारी दिए ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये बलराम सापकोटा ९बले०, पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामाले बन्द्रप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन् । यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन् । गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।


प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ५ : ०३ बजे

धोबिखोला सफा बनाउने र करिडोरमा अतिक्रमित जग्गा फिर्ता ल्याइने

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोरको

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं–  उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको