अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ « Khabarhub

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले १० वर्ष मुनिका  ९० प्रतिशत भन्दा बढी बालबालिकाहरूले साधारण लेख पढ गर्न नपाएको जनाएको छ ।  

युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको  परिस्थितिलाई ‘सिकाइबिनाको विद्यालय शिक्षा’ को संकटको  रुपमा उजागर गरेको छ । 

यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, साथै आधारभूत साक्षरता र संख्यात्मकता, प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ । 

सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको  जनाइएको छ । राष्ट्रिय विद्यालय प्रणालीमा कुल  एक करोड २० लाख भर्ना भएका मा उनीहरूले आधुनिक विज्ञान सम्बन्धी विषयहरू अध्ययन गर्ने जनाइएको छ । यसैबीच, २८ लाख भन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। 

यसैबीच, लाखौं अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन, र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पूँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ ।
 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : १९ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको