गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन « Khabarhub

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरे।

गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुगेका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरू र एक कारागार अस्पतालको निरीक्षणको क्रममा कारागारहरू र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिएका हुन्  ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधारगृहको निरीक्षण गर्नु भई त्यहाँ राखिएका कैदीबन्दीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासाहरूबारे जानकारी लिए। 

त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरूमा पुगी त्यहाँ राखिएका बन्दीहरूसँग समेत भेटघाट गर्नुभई राज्यका तर्फबाट बन्दीहरूलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गरे ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका  प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरूको सङ्ख्यालगायतबारे मन्त्री अर्याललाई जानकारी गराए। मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरूको सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्नु भई उनीहरूको सजाय भुक्तानका सम्बन्धमा कानुनअनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।   

मन्त्री अर्यालले कारागारहरूको निरीक्षणपश्चात् बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । त्यस्तै मन्त्री अर्यालले कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भई कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरूको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस गर्न सम्बन्धित कारागार प्रशासकहरूलाई निर्देशन दिए । 

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।    

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ४५ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना