इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु « Khabarhub

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशंका गरिएको छ ।

अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा ५ हजार ७७७ जना प्रदर्शनकारी, २१४ जना सरकारसमर्थित सुरक्षाकर्मी, ८६ जना बालबालिका तथा प्रदर्शनमा सहभागी नभएका ४९ जना सर्वसाधारण रहेका छन् । साथै, ४१ हजार ८ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।

इरानका अधिकारीहरूले इन्टरनेट सेवा बन्द गर्नुका साथै सञ्चारमा अवरोध गरेकाले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भएको एसोसिएटेड प्रेसले जनाएको छ ।

यसैबीच, इरान सरकारले भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ रहेको दाबी गर्दै अधिकांश नागरिक र सुरक्षाकर्मी भएको जनाएको छ भने बाँकीलाई ‘आतंककारी’को संज्ञा दिएको छ । यसअघि पनि इरानी सरकारले आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ विवरण सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ ।

यी प्रदर्शनहरू गत डिसेम्बर १३ गतेदेखि सुरु भएका हुन् । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन देशभर फैलिएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले कडा दमन गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । दुई साताभन्दा बढी समयसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा व्यापक अवरोध मानिएको छ ।

यसबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समूह उक्त क्षेत्रमा पुगेको छ, जसलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि तयारीका रूपमा हेरिएको छ । यद्यपि खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले आफूहरू कुनै पनि आक्रमणमा सहभागी नहुने संकेत दिएका छन् ।

इरानले अमेरिकाको धम्कीले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भनेको छ । संयुक्त राष्ट्रसङ्घमा इरानका प्रतिनिधिले अमेरिकाले हिंसा भड्काएको दाबी गरे पनि त्यसको ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन ।

यी घटनाले इरानमा दशकौँयताकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : ४३ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने