खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता « Khabarhub

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको एकसहित आठ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

सहभागी टिमहरूमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछेवा फुटबल क्लब, थामे, अमादब्लाम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरि शेर्पाले जानकारी दिए । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रूपमा स्थापित भइसकेको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा होली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ गाउँपालिका रहेका छन् भने विभिन्न संस्थाले पनि सहयोग गर्ने महासचिव शेर्पाले बताए । खेलहरू सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा खेलाइने छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिताको सुरुआत गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ५५ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि