खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा « Khabarhub

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ।

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीका अनुसार खडक बोहराको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो ।

जिल्ला सङ्घले विभिन्न प्रतियोगिता आयोजना गरी प्रदर्शनका आधारमा अन्तिम टोली छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

अन्तिम टोलीः खडक बोहरा (कप्तान), लोकेन्द्र चन्द (उपकप्तान), सुनिल चन्द (विकेट किपर), गजेन्द्र बोहरा, दीपक बोहरा, नरेन भट्ट, हिक्मत महरा, सचिन भट्ट, आयुश चन्द, लक्ष्मण कार्की, भूपेन्द्र चन्द, विक्रम बोहरा, निखिल चन्द र प्रदीप चन्द रहेका छन् । दीपेश बोहरा, कल्पेश चन्द र रिषिकेश बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बैतडीको पहिलो खेल माघ १८ गते दार्चुलासँग रहेको छ ।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहने प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइनेछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : १३ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु