खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा « Khabarhub

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ।

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीका अनुसार खडक बोहराको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो ।

जिल्ला सङ्घले विभिन्न प्रतियोगिता आयोजना गरी प्रदर्शनका आधारमा अन्तिम टोली छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

अन्तिम टोलीः खडक बोहरा (कप्तान), लोकेन्द्र चन्द (उपकप्तान), सुनिल चन्द (विकेट किपर), गजेन्द्र बोहरा, दीपक बोहरा, नरेन भट्ट, हिक्मत महरा, सचिन भट्ट, आयुश चन्द, लक्ष्मण कार्की, भूपेन्द्र चन्द, विक्रम बोहरा, निखिल चन्द र प्रदीप चन्द रहेका छन् । दीपेश बोहरा, कल्पेश चन्द र रिषिकेश बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बैतडीको पहिलो खेल माघ १८ गते दार्चुलासँग रहेको छ ।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहने प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइनेछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : १३ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा