टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने « Khabarhub

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगको च्याम्पियन ट्रफी पाउँदा खुशी लागेको बताएका छन् ।

बिपीएर च्याम्पियन बनेर नेपाली टिममा फर्किएका सन्दीपले भने, ‘लामो समयपछि टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगमा फर्कंदा खुसी थिएँ । उपाधि जित्नु अझ विशेष रह्यो ।’ उनले आफूले कम अवसर पाए पनि अवसर पाउँदा महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।

बिपीएलमा सन्दीपको टिमले फाइनलमा चटगाउँ रोयल्सलाई ६३ रनले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्याट्रिङ गरेको राजशी वारियर्सले १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको चटगाउँ रोयल्स १११ रनमा समेटिएको थियो ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीपले ११५ रन खर्चिएर पाँच विकेट हात पारे। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका थिएनन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ३८ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा