विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल « Khabarhub

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप तयारी राम्रो भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँग छोटो भिडियो कुराकानी गर्दै कप्तान पौडेलले यस्तो बताएका हुन्।

‘एकदम राम्रो तयारी भएको छ। अगाडि अझै अभ्यास खेल खेल्दैछौँ। हामी विश्वकपका लागि ‘एक्साइटेड’ छौँ’, उनले भनेका छन्।

नयाँ र पुराना खेलाडी मिलेर विश्वकपका लागि नेपालको राम्रो टिम बनेको उनको भनाइ छ। उनले तीन जना खेलाडी पहिलो पटक विश्वकप खेल्न लागेको र सोमपाल कामीले तेस्रो पटक विश्वकप खेल्दै गरेको भन्दै खुशी व्यक्त गरेका छन्।

धेरैको अपेक्षा अनुसार नै २०२६ को विश्वकप खेल्न पुगेको र त्यो बीचमा धेरै प्रेसर महसुस भएको उनको भनाइ छ।

उनले सबैलाई खुशी बनाउने गरी विश्वकप खेल्ने बताएका छन्। ‘हामी मैदानमा शतप्रतिशत दिन्छौँ। हाम्रो खेलले नेपाल र नेपालीलाई गर्व गर्न सहयोग गर्नेछ’, उनले भनेका छन्।

कप्तान पौडेलले यो जर्सीले आफूलाई भावुक बनाउने बताएका छन्। उनले सन् २०१४ को विश्वकप घरमै बसेर हेरेको सम्झनासमेत गरेका छन्।

विश्वकप तयारीमा रहेको नेपाली टिम अहिले भारतको मुम्बइमा अभ्यासका लागि व्यस्त छ । भारतमा उसले त्यहाँको प्रदेश स्टरको टिमसँगै विश्वकप अगाडि यूएई र क्यानडासँग अभ्यास खेल खेल्दैछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ०७ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक