सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला « Khabarhub

सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृतावस्थामा फेला परेका छन् ।

बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै आएका २२ वर्षीय नवीन गुरुङ देवघाट गाउँपालिका–३ साराङघाटस्थित सेती नदीको किनारमा मृतावस्थामा फेला परेका हुन् ।

स्थानीयवासीले नदी किनारमा मृतावस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

फाउण्डेशनले लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना जगाउने काम गर्दै आइरहेको छ । गुरुङ विगत दुई महीनादेखि सोही सुधार केन्द्रमा बस्दै आएका थिए ।

कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो ।

“त्यहाँबाट भागेका सबैको घरमा सोधपुछ गरेका थियौँ”, प्रहरी नायब उपरीक्षक लामिछानेले भने, “सबै जना घर पुगे पनि गुरुङ भने सम्पर्कविहीन भएका थिए”, प्रनाउ लामिछानेका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ३० बजे

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असार १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि