नेप्से परिसूचकमा सामान्य अंकको सुधार « Khabarhub

नेप्से परिसूचकमा सामान्य अंकको सुधार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अंकले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो ।

आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ ।

बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव शून्य सात प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ४४ बजे

जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन

काठमाडौं– भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि