सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य « Khabarhub

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि  अस्पताल  भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताए। 

उनका अनुसार चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै निगरानीसहित उपचार भइरहेको छ ।

 “चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति पुनःनियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनु हुनेछ”, सहप्रवक्ता रावलले भने । 
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ४४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको