लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल « Khabarhub

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ ।

प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आज दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।

प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेतमन्त्री तिमिल्सिनाले दिए । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिएका थिए । 

यसैगरी स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरे ।

त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सभामा पेस गरे। 

आजको बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखेका थिए। प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ०१ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको