२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक « Khabarhub

२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको २४ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

केन्द्रीय बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो । हरेक नोट तीन वर्षका लागि छपाउने राष्ट्र बैंकको प्रचलनअनुसार आगामी तिन वर्षका लागि हुने गरी नयाँ नोट छाप्ने बोलपत्र आह्वान गरेको हो ।

यसअघि सन् २०१६ मा समेत केन्द्रीय बैंकले २० रुपैयाँ दरका नोट २१ करोड थान नोट छापेको थियो । नेपाली नोट छाप्न बैंकले बोलपत्र आह्वान गरे पनि नेपालमा भने सुरक्षित मुद्रण नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन् । यसअघि चीन, वेलायत लगायतमा रहेका कम्पनीहरुले नेपाली नोट छाप्ने गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा