रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध « Khabarhub

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी दिँदै हवाना विरुद्ध थप कदम चाल्ने वासिङ्टनको अभिप्रायबारे प्रसारित रिपोर्टहरू सत्य नभएको जनाएको छ । 

रूसी विदेश मामिला मन्त्रालयको प्रवक्ता मारिया जाखारोभाले विज्ञप्ति जारी गर्दै मस्कोले प्रतिवन्ध कडा पार्ने रिपोर्टहरु सत्यमा निहित छैनन् भन्ने आशा गरेको बताएकी छन् ।  

जाखारोभाले यस मार्गमा अगाडि बढ्नुको अर्थ अमेरिकाले  राष्ट्रिय कानुन र शासनलाई विद्यमान अन्तर्राष्ट्रिय कानुनी मापदण्ड भन्दा माथि राख्नु भएको उल्लेख गरेकी छन् । उनले क्युवाविरुद्धका उपायहरूको यस्तो वृद्धिलाई क्युवाली जनताको  अधिकारको अमानवीय उल्लङ्घन भन्दै यसले टापुमा मानवीय संबट निम्त्याउन सक्ने चेतावनी दिए । 

दशकौँ देखि लागु गरिएको प्रतिबन्ध नीतिलाई निरन्तरता दिँदै अमेरिकी प्रशासनले क्युबामा थप आर्थिक प्रतिबन्धहरू लगाउन सक्ने सुझाव दिने रिपोर्टहरूको पृष्ठभूमि विच रूसी दृष्टिकोण आएको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १ : ५८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री