प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन « Khabarhub

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि गरेको आह्वानलाई अस्वीकार गरिदिएका छन्।

प्रचण्डले २१ फागुनको निर्वाचनमा सहकार्य गर्न पनि अनिच्छा देखाएको भन्दै अब पार्टी एकताको चर्चा कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा ‘थोत्रो, बासी र असफल’ भइसकेको बताएका हुन् ।

विप्लवले फेसबुकमार्फत भनेका छन्, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्रै हो। यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्टिएका हुतिहारा मात्र पर्छन् ।’

उनले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिलाउने एकता तथा मालेमावादी पार्टीको सुदृढीकरण नै वर्तमान आन्दोलनको प्राथमिकता रहेको बताएका छन् ।

विप्लवले माओवादी पार्टीलाई एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको उल्लेख गर्दै भविष्यले यसलाई सावित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : १४ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका