लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए « Khabarhub

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गर्दै चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र बीभत्स हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको हो । 

तामाङलाई आफ्नै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाँधेर हत्या गरी गरगहना नगद र मोबाइल फोन लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

उक्त हत्यामा बारा घर भई हाल चितवन बस्ने मोटे र विजय भन्ने शुक्र बहादुर भोलान, बारा घर भई ललितपुर च्यासल बस्ने सूर्यमान तामाङ, धादिङका बुद्धिमान लामा, स्याङ्जा घर भई चितवन बस्ने मिलन भन्ने कौ बहादुर गुरूङ र मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने हिरा बहादुर स्याङतानलाई पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेका व्यक्तिहरूबाट ना २५ प ६९६५ निलो कालो पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । 

केहिदिन अघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ३० बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको