लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए « Khabarhub

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गर्दै चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र बीभत्स हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको हो । 

तामाङलाई आफ्नै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाँधेर हत्या गरी गरगहना नगद र मोबाइल फोन लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

उक्त हत्यामा बारा घर भई हाल चितवन बस्ने मोटे र विजय भन्ने शुक्र बहादुर भोलान, बारा घर भई ललितपुर च्यासल बस्ने सूर्यमान तामाङ, धादिङका बुद्धिमान लामा, स्याङ्जा घर भई चितवन बस्ने मिलन भन्ने कौ बहादुर गुरूङ र मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने हिरा बहादुर स्याङतानलाई पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेका व्यक्तिहरूबाट ना २५ प ६९६५ निलो कालो पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । 

केहिदिन अघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ६ : ३० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री