दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति « Khabarhub

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले दलित समुदायको सम्बन्धमा नबोलेको र कल्पनासमेत नगरेको विषयलाई सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा प्रचार गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गरेका छन्। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत उनले चेतावनी दिएका छन्। 

अध्यक्ष लिङ्देनले फैलाइएको गलत प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गर्दै तथ्यहीन आरोपले समाजमा अनावश्यक तनाव सिर्जना गर्न सक्ने बताएका छन्।

उनले लेखेका छन्, ‘मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ। यस कार्यमा संलग्नहरुले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ३९ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर