बञ्चरो प्रहार गरी छिमेकीको हत्या | Khabarhub Khabarhub

बञ्चरो प्रहार गरी छिमेकीको हत्या


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।

मानसिक सन्तुलन गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी 

काठमाडौं– सरकारले तीन मन्त्रीको सहभागितामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै

गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी

एजेन्सी – सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष

बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक