यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक « Khabarhub

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च शिक्षण संस्थानमा समानता कायम गर्ने उद्देश्यले जारी गरेका नयाँ नियमहरू तत्कालका लागि स्थगित गरेको छ।

मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जॉयमाल्या बागचीको इजलासले ती नियमहरूले गम्भीर प्रश्न उठाएको भन्दै केन्द्र सरकार र यूजीसीलाई नोटिस जारी गरेको हो। अदालतले यी नियमहरू लागू भए ‘दूरगामी असर’ पर्न सक्ने र समाज विभाजित हुन सक्ने चेतावनी पनि दिएको छ।

१३ जनवरी २०२६ मा जारी गरिएका यी नियमहरूलाई चुनौती दिँदै दायर तीन वटा रिटमाथि सुनुवाइ गर्दै अदालतले ‘२०२६ का रेग्युलेसन स्थगित रहने’ आदेश दिएको हो। पछिल्ला हप्ताहरूमा यी नियमहरूको देशका विभिन्न स्थान र विश्वविद्यालयमा विरोध हुँदै आएको थियो।

अदालतले प्रारम्भिक रूपमा केही प्रावधान अस्पष्ट रहेको र दुरुपयोगको सम्भावना नकार्न नसकिने उल्लेख गरेको छ। यो मुद्दा अब १९ मार्चमा तीन न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइका लागि पेश हुने छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ४५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री