स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित « Khabarhub

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि  ९० रनको फराकिलो  जित हात पारेको छ । 

यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो । जसमा कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडे । 

कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०१  रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्न बङ्गलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ४४ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको