म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन « Khabarhub

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । 

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताएकी हुन् ।

यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा ठूलो झट्का मानिएको छ । 

आसियानले सत्ता कब्जापछि सैन्य शासनलाई औपचारिक रूपमा मान्यता दिन अस्वीकार गर्दै आएको छ, । सत्ता कब्जापछि म्यान्मा घातक गृहयुद्ध र गहिरो राजनीतिक सङ्कटमा फसेको छ ।

म्यान्माको चुनावलाई मान्यता दिने कि नदिने भन्ने प्रश्नमा लाजारोले अहिलेको अवस्थामा समर्थन नरहेको स्पष्ट पारेकी छन् । उनले यस वर्ष आसियानको पहिलो मन्त्रिस्तरीय बैठकपछि बोल्दै क्षेत्रीय समूहले तीन चरणमा गरिएको चुनावलाई अनुमोदन नगरेको जानकारी दिइन् । म्यान्मा सङ्कट बैठकको प्रमुख एजेन्डामध्ये एक थियो ।

म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले चुनाव जितेको दाबी गरेको छ । तर प्रमुख विपक्षी दलहरूलाई बहिष्कार गरिएको र असहमतिको कडा दमन गरिएको अवस्थामा भएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको आलोचकहरूको भनाइ छ । 

संसद्का एक चौथाइ सिट स्वतः सेनाका लागि आरक्षित गरिनुले सैन्य नियन्त्रण सुनिश्चित गरिएको बताइन्छ ।

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले अर्थपूर्ण राजनीतिक प्रगतिका लागि हिंसा अन्त्य, समावेशी संवाद र सबै पक्षको सहभागिता आवश्यक हुने बताएका छन् ।

यस वर्ष आसियानको घुम्ती अध्यक्षता फिलिपिन्सले सम्हालेको छ । सदस्य राष्ट्रहरूबीच आन्तरिक द्वन्द्व, सीमा विवाद र क्षेत्रीय तनाव कायमै रहेका बेला म्यान्माको विषयले समूहको एकतामाथि थप चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ । रासस
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : २५ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी