शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो « Khabarhub

शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने विश्लेषण सुनाएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले काठमाडौं उपत्यकामै प्रतिस्पर्धामा नरहेकोको पनि बताएका छन् ।

‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ’, उनले भने, ‘तर त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने आएको छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

महासचिव पोखरेलले नेपालमा भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि विदेशी कठपुतली सरकार निर्माण गरिएको बताएका छन् ।

उनले फागुन २१ गतेको निर्वाचनपछि नेपालमा जेलेन्स्की जन्माउन खोजिएको दाबी गरेका छन् । नेपालका छिमेकी भारत र चीनविरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने पनि विश्वास दिलाएका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : २७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री