शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो « Khabarhub

शंकर पोखरेलको विश्लेषण : एमालेको प्रतिस्पर्धा कांग्रेससँँग, रास्वपा काठमाडौंमै कमजोर देखियो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने विश्लेषण सुनाएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले काठमाडौं उपत्यकामै प्रतिस्पर्धामा नरहेकोको पनि बताएका छन् ।

‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ’, उनले भने, ‘तर त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने आएको छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

महासचिव पोखरेलले नेपालमा भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि विदेशी कठपुतली सरकार निर्माण गरिएको बताएका छन् ।

उनले फागुन २१ गतेको निर्वाचनपछि नेपालमा जेलेन्स्की जन्माउन खोजिएको दाबी गरेका छन् । नेपालका छिमेकी भारत र चीनविरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने पनि विश्वास दिलाएका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : २७ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री